चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीमाझ देखिए समीर

डिसी नेपाल
११ असोज २०८२ २०:३४
96
Shares

काठमाडौं। आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ।

भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *