बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

डिसी नेपाल
१२ असोज २०८२ ११:३७
24
Shares

रामेछाप। दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए।

यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए। दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए।

प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी साहयक निरीक्षक मनोज थापाले चाडबाड लक्षित सडक सुरक्षा योजना अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए। सडकलाई व्यवस्थित गर्न आफूहरू निरन्तर लागेको उनले जानकारी दिए।

अस्थायी ट्राफिक प्रहरी पोष्ट दुम्जाका इञ्चार्ज वरिष्ठ हवलदार पशुपति फुयाँलले ट्राफिक व्यवस्थापनको सन्दर्भमा आफूहरू अहोरात्र खटेर सवारी साधनलाई गन्तव्यमा पु¥याउन सहयोग गरिरहेको बताए।

यात्रुहरूलाई राम्रो व्यवहार गर्न चालकहरूलाई पर्चा वितरण तथा सम्झाउने काम गरिरहेको उनले जानकारी दिए। अहिले राजमार्गमा कुनै ठुलो समस्या नभएको र यातायात साधन सहज रूपमा सञ्चालन भइरहेका उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *