पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

डिसी नेपाल
१२ असोज २०८२ १८:३६
60
Shares

गुल्मी । पाल्पाको तानसेन नगरपालिका१४ देउरालीस्थित तानसेनगुल्मी पक्की सडक खण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दिउँसो करिब १२:२५ बजे बुटवलबाट गुल्मी आउँदै गरेको बा.प्र.०१०३१ च ७९५७ नम्बरको ईभी भ्यान सडकबाट करिब ५० मिटर तल रुखमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रादेशिक प्रहरी चौकी अर्गेलीबाट करिब ५०० मिटर पश्चिममा पर्छ। जानकारी पाएलगत्तै प्रहरी निरीक्षक राजेन्द्र रावलको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा चालकसहित १६ जना सवार रहेका मध्ये २ महिला मध्यम घाइते, १० जना सामान्य घाइते तथा चालकसहित ४ जना बालबालिकालाई केही भएको छैन। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ।

रुरु स्वास्थ्य चौकी, रिडिमा उपचाररत

दिपेन्द्र केसी (३२), मुसिकोट१, भ्यान चालक बाहिरी चोट नभएको, अवस्था सामान्य, प्रहरी नियन्त्रणमा।

सुकमाया बिक (३२), मुसिकोटदाहिने हातमा चोट।

सुगम बिक (११), सुकमायाको छोरा बायाँ हातमा चोट।

कौशिला नेपाली (३२), मुसिकोटबायाँ खुट्टामा चोट।

बिमल नेपाली (७), कौशिलाको छोरा दुवै हातमा चोट।

सिता कुमाल (२८), मुसिकोटदाहिने हात र मुखमा चोट।

जमुना सुनार (२०), मालिका१, गुल्मी दायाँ खुट्टामा चोट।

साबित्रा सिरिष (३०), बरेङ३, बागलुङ बायाँ हातमा चोट।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचाररत।

प्रमिला केसी (३७), मुसिकोट१ खामडाडा बायाँ हात र टाउकोमा चोट।

प्रजिता केसी (१६), प्रमिलाकी छोरी अनुहार र बायाँ हातमा चोट, अवस्था मध्यम।

प्रजिना केसी (८), प्रमिलाकी छोरी घाँटी र दाहिने हातमा चोट।

चन्द्रकला केसी घिमिरे (३७), मुसिकोटटाउको र अनुहारमा चोट, अवस्था मध्यम।

नविन घिमिरे (१०), चन्द्रकलाका छोरा दाहिने कुममा चोट।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.