ज्यान मुद्दाका फरार कैदी २१ वर्षपछि पक्राउ

डिसी नेपाल
१२ असोज २०८२ १९:४६
44
Shares

कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार कैदी २१ वर्षपछि पक्राउ परेका छन्।

कैलालीको साविकको रामशिखरझाला७ हाल घोडाघोडी नगरपालिका४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० वर्ष कैद सजाय पाई कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०६१ सालमा रावल फरार भएको बताए।

तत्कालीन नेकपा (माओवादी)ले कारागारमा आक्रमण गर्दा फरार भएका रावललाई २०६६ सालमा सर्वोच्च अदालतले १० वर्ष कैद सजाए गरेको थियो। फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरिएको हो। आइतवार निज रावललाई जिल्ला कारागार कार्यालय कैलाली पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *