लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

डिसी नेपाल
१२ असोज २०८२ २१:५३
108
Shares

पर्सा । वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-९ सेनवारी बस्ने २५ वर्षीय गौरी शंकर प्रसाद चौहान र भारत मोतिहारी नागारोड बस्ने २८ वर्षीय भिम सहनी रहेका छन्। अस्थायी प्रहरी पोष्ट ईनार्वागाउँबाट खटिएको प्रहरीले रक्सौलबाट ईनर्वा गाउँतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *