युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

डिसी नेपाल
१५ असोज २०८२ २३:३८
48
Shares

ओडेसा। युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन्।

लगातार सात घण्टामा भएको वर्षाको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन् । जेलेन्स्कीले वर्षाका कारण परिस्थिति असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताएका छन्।

बाढीमा फसेका ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ। मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताएका छन्।

युक्रनेमा भोलि सम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *