‘न्यु सुपर कट हेयर’ उद्घाटन गर्दै दीपकराज गिरीले भने, ‘मानिसको हेयरसँग ब्यक्तित्व जोडिएको हुन्छ’

डिसी नेपाल
१९ असोज २०८२ १३:५९
76
Shares

काठमाडौं। कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन्। ‘छक्कापञ्जा कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनिबार टेक्सासमा आयोजित एक कार्यक्रमका बिच ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सासको उद्घाटन गरे।

उद्घाटनमा उनीहरुलाई कलाकार महादेव त्रिपाटीले साथ दिएका थिए। उद्घाटनापछि कलाकार दिपक दिपाले आफ्नो हेयर कटिङ तथा कलरिङ समेत गरेका थिए। सैलूनलाई सुरेन्द्र ठाकुरले संचालनमा ल्याएका हुन्।

उद्घाटनपछि कलाकार गिरी हेयर मानिसको ब्यक्तित्वसँग जोडीने भएकोले सबैले यसमा ध्यान दिनुपर्ने बताए। नेपाली सैलून ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ले अमेरिकाको बिभिन्न स्थानमा आफ्नो शाखा बिस्तार गर्दै सेवा प्रदान गरेको देख्दा खुसी लागेको बताएका उनले सबै ब्यक्तिले आफ्नो हेरमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे।

त्यस्तै अभिनेत्री दीपाश्रीले सैलूनबाट प्रदान हुने गुणस्तिरिय सेवाका कारण आफुलाई यसमा विश्वास लागेको बताइन्। उनले ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’को लाभ अमेरिका निवासी नेपाली कलाकार, नेपालीहरुले लाभ लिनुपर्ने धारणा राखिन्।

सुरुमा ललितपुरको कुमारीपार्टीमा संचालनमा आएको यो सैलूनको पहिलो शाखा काठमाडाैंकाे सुन्धारास्थित सिभिल महलमा संचालनमा आएको थियो। त्यसपछि अमेरिकाको टेक्सासमा शाखा बिस्तार गरेको सैलूनको अमेरिकाको उद्घाटन भएको दोस्रो ब्रान्च हो।

सुरेन्द्र २५ बर्षदेखि यो पेसामा आवद्ध छन्। महिला तथा पुरुषको कपाल काट्नुको अलवा कलरिङ र मसाजमा समेत सक्रिय सुरेन्द्रलाई उनकी श्रीमती सुनिता ठाकुरले साथ दिदै आएकी छन्। सैलूनको अमेरिकामा खुलेको पहिलो शाखाको उद्घाटन अभिनेता राजेश हमालले गरेका थिए। उद्घाटनको सम्पुर्ण ब्यवस्थापन कलाकार त्रिपाटीले नै गरेका थिए।

दिपक दिपाले ‘छक्कापञ्जा कमेडी टुर’ अन्तर्गत पहिलो हालै प्रस्तुति टेक्सासनमा आयोजित ‘मम फेसिटभल २०२५- दशैं-तिहारमेला’मा दिएका थिए। जसमा उनीहरुको साथमा हास्यकलाकार जीतु नेपालको कमेडीको अलवा गायक गायिका प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्ले लगायतको सांगीतिक प्रस्तुति रहेको थियो। उनीहरुको अमेरिकामा अझै केही प्रस्तु्ति रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *