‘काले दाई’को ट्रेलर आयो, चलचित्र असोज १७ मा
काठमाडौं। चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ।
सार्वजनिक ट्रेलर हेर्दा चलचित्रले आर्मी र अन्तरजातिय प्रेमको कथा उठाउने अनुमान गर्न सकिन्छ। नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन्। चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, रामचन्द्र अधिकारी, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ।
चलचित्रको निर्मातामा शम्शेर गुरुङ र ईन्द्र रामजाली रहेका छन् । ईन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाँकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई सम्पादनको जिम्मा तारा थापा ‘किम्भे’ले लिएका छन्। चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment