हिमपातले अवरुद्ध न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा दुई दिनदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन गरिने भएको छ। हिमपातले बन्द भएपछि न्यालु खण्डको हिउँ पन्छाउन आज सदरमुकाम सिमकोटबाट स्काभेटर त्यसतर्फ पठाइएको हो।
पूर्वधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले आज सदरमुकामबाट गएको स्काभेटर सोमबार बिहान पुग्ने जनाउँदै सोमबार बिहानैदेखि हिउँ पन्छाइने बताए। उनका अनुसार सोमबार दिनरात हिउँ पन्छाएर सकिएमा मङ्गलबारदेखि सडक सञ्चालनमा आउने भएको छ।
यसैबीच, सडक अवरुद्ध भएर तुम्लिङमा रोकिएका यात्रु र तथा सवारीसाधन सदरमुकाम फिर्ता भएका जैसीले उल्लेख गरे। पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाअन्तर्गत लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा दुईदिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेर ४० जनाभन्दा बढी यात्रु तुम्लिङमा रोकिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment