नेपालले दियो यूएईलाई १४१ रनको लक्ष्य

डिसी नेपाल
२६ असोज २०८२ १८:०७
56
Shares

काठमाडौं । आईसीसी टी२० विश्वकप एसियाप्यासिफिक क्षेत्रीय फाइनलको सुपर६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य दिएको छ।

आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो।

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले। आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे। यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। यसैकारण आज नेपाल लगातार तेस्रो जितको खोजीमा छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.