धादिङबाट २१९ केजी गाँजा र अफिमसहित दुई जना पक्राउ

डिसी नेपाल
२६ असोज २०८२ २०:४५
36
Shares

काठमाडौ । प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका९ स्थित खटौतीबाट ठलो परिमाणमा गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

भारतीय नम्बर मिनिट्रकमा लुकाएर चितवनतर्फ लैजाँदै गरेको अवस्थामा २१९ केजी गाँजा बरामद गरिएको धादिङ प्रहरीले जनाएको छका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

प्रहरीले बिआर०१ जिबी८६५३ नम्बरको ट्रकमा सवार आरोपीको साथबाट १२० ग्राम अफिमसमेत बरामद गरेको हो।

पक्राउ पर्नेमा पर्सा घर भएका दुई जना छन्। उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *