हमासले रिहा गर्ने बन्धकको सूची जारी गर्यो, बिपिनको तस्बीर पहिलो लाइनमा

डिसी नेपाल
२७ असोज २०८२ १०:४४
1.5k
Shares

काठमाडौं । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको छ।

सूचीमा भएका नामहरू अझै जीवित रहेको विश्वास गरिएका २० जना बन्धकहरूको नामसँग मेल खान्छ। यो सूचीमा नेपाली विद्यार्थी बिपिन जोशीको तस्बीर पहिलो लाइनमै सबैभन्दा दायाँतिर छ । उनी पनि जीवितै रहेको अपेक्षा गरिएको छ ।

अर्कोतर्फ, इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ।

इजरायली मिडियाका अनुसार इजरायली सरकारका मन्त्रीहरूले आइतबार राति रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सूचीलाई अनुमोदन गरेका छन्। हारेट्जका अनुसार कुल १,७१८ प्यालेस्टिनी कैदीहरू र गाजा बन्धकहरूलाई रिहा गरिने भएको छ।

सोमबार बिहानदेखि नै, बन्धकहरूको रिहाइको माग गर्न ठूलो संख्यामा इजरायलीहरू तेल अभिभमा भेला भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *