गाजामा हमास लडाकु र सशस्त्र आदिवासी सदस्यहरू बीचको झडपमा २७ जनाको मृत्यु

डिसी नेपाल
२७ असोज २०८२ १०:५६
396
Shares

काठमाडौं । इजरायली सैन्य कारबाहीको अन्त्यपछि गाजा शहरमा हमास र दाग्मास जनजातिका लडाकुहरू बीच भएको भीषण झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार गाजा शहरको जोर्डन अस्पताल नजिकै नकाबधारी हमासका बन्दुकधारीहरू र दाग्मास लडाकुहरूबीच गोली हानाहान भएको थियो।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलले दाग्मास लडाकुहरूलाई घेरेको र उनीहरूलाई पक्रन गोली हानाहान भएको बताए। गृह मन्त्रालयले “सशस्त्र लडाकुको आक्रमण” मा आठ हमास सदस्यहरू मारिएको बताएको छ।

स्रोतका अनुसार शनिबारदेखि सुरु भएको झडपमा दाग्माश जनजातिका १९ सदस्य र हमासका आठ लडाकु मारिएका छन्।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजा शहरको तेल अल-हवा क्षेत्रमा ३०० भन्दा बढी हमास लडाकुहरूको टोली दागाश बन्दुकधारीहरू लुकेको भवनमा प्रवेश गरेपछि झडप सुरु भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.