राष्ट्रिय परिचयपत्रका लागि दैनिक ११ घण्टा सेवा
चितवन। यहाँस्थित जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो। आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उनले बताए।
राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment