घुससहित पक्राउ परेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
ज्ञानेन्द्रलाई भदौ १८ गते दुई लाख रुपैयाँ घुससहित अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो।
उनले दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको अख्तियारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment