मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधबार ४ बजेसम्मको समय

डिसी नेपाल
२८ असोज २०८२ १८:२९
44
Shares

जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन्।

हुन त केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन्।

भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ।

आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजिनामा दिएको घोषणा गरेका थिए। उनको राजिनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *