नक्कली पेस्तोल देखाई चोरी तथा लुटपाट गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
२८ असोज २०८२ २३:१३
32
Shares

गण्डकी। नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पर्वतको मोदी–१ स्थायी बसोबास भई हाल पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए।

नक्कली पेस्तोल (खेलौना) एक थान र प्रयोग गरेको ग १३ प ९८३२ नं। को मोटरसाइकलसहित निजलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *