भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरपालिका-फलोअप

डिसी नेपाल
२५ भदौ २०७६ ८:५७

काठमाडौं । सिंहदरबार अगाडि अनधिकृत पार्किङमा राखिएका सवारी साधन कारवाहीमा परेका छन्। फुटपाथ कब्जा गरेर पार्किङमा राखिएका मोटरसाइकलहरू काठमाडौं महानगरपालिकाले उठाएर लगेको थियो भने फुटपाथमा राखिएका गाडीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ह्विल लक लगाएको थियो।

डिसी नेपालले काठमाडौंको अस्तव्यस्त फुटपाथबारे स्थलगत भिडियो शृङ्खला प्रस्तुत गर्दै आएको छ। त्यसकै क्रममा सिंहदरबार अगाडिको फुटपाथ कब्जाबारे हामीले भिडियो प्रस्तुत गरेका थियौ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अगाडि अस्तव्यस्त सवारी पार्किङका कारण ट्राफिक जाम भएका धेरै उदाहरण छन्। ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सिंहदरबारको प्रवेश द्वारमा त्यसको असर पर्छ। खुलेआम फुटपाथ कब्जा गरेर यहाँ व्यवसाय चल्दै आएको छ। आफ्ना ग्राहकलाई फुटपाथमा पार्किङ गर्न लगाएर व्यवसाय चलिरहेको छ र त्यसको असर पैदल यात्रुदेखि सिंहदरबार छिर्ने भिआइपीहरूले भोग्दै आएका छन्। प्रधानमन्त्री, मन्त्री देखि देश हाँक्ने उच्चपदस्थ कर्मचारीहरू रहने सिंहदरबार अगाडि जे मनमौजी चलिरहेको बारे भिडियोमा उतारिएको थियो।

भिडियोको प्रतिकृयामा ट्राफिक र महानगरपालिका एक्सनमा उत्रिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले डिसी नेपालसँगको कुराकानीमा फुटपाथ क्लियर गर्ने प्रतिकृया दिएका थिए। यसैसाता महाशाखाको नेतृत्वमा आएका ढकालले ट्राफिक व्यवस्थापनमा निकै चुनौतीहरू रहेका बताउँदै ती चुनौतीमाथि आफूहरू खरो उत्रने बताएका थिए।

भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *