सहसचिव र उपसचिवका लागि विज्ञापन आह्वान

डिसी नेपाल
२९ असोज २०८२ १३:०४
236
Shares

काठमाडौं । लोकसेवा आयोगले सहसचिव र उपसचिव पदहरूका लागि नयाँ विज्ञापन प्रकाशित गरेको छ। आयोगले बुधवार सार्वजनिक गरेको सूचनामा विभिन्न सेवाका राजपत्रांकित पदहरूमा दरखास्त आह्वान गरेको जनाइएको छ।

विज्ञापन अनुसार आयोगले निजामती सेवा र संघीय संसद सेवा अन्तर्गतका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) पदहरूका लागि आवेदन मागेको हो।

त्यससँगै स्वास्थ्य सेवाका एघारौं र नवौं तहका पदहरू तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदहरूमा समेत आवेदन खुला गरिएको छ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.