धानखेतमा नवजात शिशु फेला
जलेश्वर (महोत्तरी)। यहाँको जलेश्वर नगरपालिका-४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो।
जीउमा हल्का निलो रङगको लुगा लगाएको र गुलाफी रङगको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छभने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ। शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। धानखेतमा कि छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताए।







डिसी नेपाल







Facebook Comment