लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका – ५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजना अन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ।
अख्तियारले उनीहरूबाट करिब २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोको रूपमा असुल गर्न मागसहित मुद्दा दायर गरेको हो।
विशेष अदालतमा दर्ता गरिएको मुद्दा सम्बन्धमा सर्वोच्च अदालतका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिँदै पूर्व डिभिजनल इन्जिनियर दास हालै रेल विभागका महानिर्देशकको पदबाट अवकाश प्राप्त गरेको समेत बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment