प्रधानमन्त्री उद्धार कोषलाई सत्सङ्ग नेपालद्वारा १० लाख सहयोग
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ।
राष्ट्रियसभा सदस्यसमेत रहेका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो। सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो।
केही साता अघिको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्सङ्ग नेपालले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment