ओलम्पिकमा स्वर्ण पदक जितेकी खेलाडीले २५ वर्षको उमेरमै सन्यास लिइन्

डिसी नेपाल
३० असोज २०८२ १३:०७
32
Shares

काठमाडौं । चार पटककी ओलम्पिक स्वर्ण पदक विजेता अष्ट्रेलियाली खेलाडी एरियार्न टिटमुसले २५ वर्षको उमेरमा पौडीबाट सन्यासको घोषणा गरेकी छिन्।

आफ्नो सन्यासको घोषणा गर्दै टिट्मसले भनिन्, “मेरो लागि पौडी खेल्न छोड्ने समय आएको छ।”

“यो गाह्रो निर्णय भएको छ, तर म यसबाट धेरै खुसी छु। मलाई पौडी खेल्न सधैं मन पर्थ्यो, यो बाल्यकालदेखि नै मेरो जुनून हो,” उनले बिहीबार इन्स्टाग्राममा भनिन्।

टिट्मसले २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान राखेकी छिन् र उनले आठ ओलम्पिक पदक सहित ३२ अन्तर्राष्ट्रिय पदक जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.