मलामी गएका युवा नदीमा बेपत्ता
चितवन। मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्। राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन्। चौधरीको खोजी भइरहेको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment