पहिलो एकदिवसीयमा भारतीय ब्याट्सम्यानहरू असफल, अस्ट्रेलियालाई झिनो लक्ष्य

डिसी नेपाल
२ कार्तिक २०८२ १५:१७
96
Shares

काठमाडौं । अष्ट्रेलियामा खेलिरहेको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १३७ रनको लक्ष्य दिएको छ।

पर्थमा भएको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। तर, वर्षाका कारण खेल २६ ओभरमा घटाइएको थियो।

भारतले २६ ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

वरिष्ठ ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले प्रदर्शन गर्न सकेनन्। रोहित शर्मा आठ रन बनाएर र विराट कोहली शून्य रनमा आउट भए।

भारतका लागि केएल राहुलले सर्वाधिक ३८ रन बनाए भने अक्षर पटेलले ३१ रन बनाए।

अस्ट्रेलियाका लागि जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्यू कुनम्यानले समान दुई विकेट लिए भने मिचेल स्टार्क र नाथन एलिसले समान एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *