पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित
काठमाडौं। बंगलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ। ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो। अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बंगलादेशसँग खेल्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment