कुटपिटबाट झापामा युवकको मृत्यु

डिसी नेपाल
६ कार्तिक २०८२ १२:०७
104
Shares

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका५ मा गएराति कुटपिटबाट एक युवकको ज्यान गएको छ।

बिर्तामोड नगरपालिका५ बस्ने ३० वर्षीया जगन राजवंशीको टाउकोमा बाँसले प्रहार गर्दा उनको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

गएराती बुधवार साँझ साढे ६ बजेको समयमा विवाद भई झगडा हुँदा उनलाई वर्ष २६ का हेमकुमार चौधरीले टाउकोमा बाँसले प्रहार गरि गम्भिर घाइते बनाएका थिए।

घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। बाँस प्रहार गर्ने चौधरीलाई लुकेको अवस्थामा झापा शिवसताक्षी नगरपालिका ७ ब्याङडाँडाबाट लुकेको अवस्थामा विहान २:१५ बजेको समयमा नियन्त्रणमा लिएको छ।

पक्राउ परेको चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडले राखिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.