मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

डिसी नेपाल
७ कार्तिक २०८२ २१:००
128
Shares

काठमाडौं। त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो। यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ।

पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ। यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *