‘एक कान दुई कान मैदान’ गीतलाई स्रोता/दर्शकको साथ [भिडियो]

डिसी नेपाल
२५ भदौ २०७६ १७:३५

काठमाडौं। मेलिना राई र आशिष सचिन (गौतम)को आवाजमा रहेको गीत ‘एक कान दुई कान मैदान’लाई स्रोता तथा दर्शकले रुचाएका छन्।

हिमान्शु रायमाझीको शब्द, भिम विसीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोले युट्युबमा दुई दिनमै ६ लाख बढी म्यूज पाएको छ। अहिले भिडियो युट्युब ट्रेन्डिङको ११ औं नम्बरमा छ।

‘भद्रगोल’का (काकु) अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल, अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।

अर्जुन तिवारीले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *