नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौं । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौंको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौंको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन्।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए। उनीहरूले पैदल हिँड्ने व्यक्तिसँग २३.३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र दुई हजार २३५ नगद लुटपाट गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment