चलचित्र ‘आमा’को छायाँकन सकियो, निर्देशक खनाल भन्छन् –कुनै कम्प्रमाइज गरेका छैनौं

डिसी नेपाल
२५ भदौ २०७६ १८:२५

काठमाडौं। नेपाली कथानक चलचित्र ‘आमा’को छायाँकन सकिएको छ। फ्लोरमा निस्किएको झण्डै ७० दिनपश्चात बुधबारबाट चलचित्रको छायांकन सकिएको चलचित्रका लेखक/निर्देशक तथा छायांकार दीपेन्द्र के. खनालले जानकारी दिए।

चलचित्रको अधिकांश सिन पानीमा खिच्नुपर्ने भएकोले छायांकन लम्बिएको निर्देशक खनालले बताए।

‘हामीले कुनै पनि सिनमा कम्प्रमाइज गरेका छैनौं। पानीमा खिच्नुपर्ने सिनहरु धेरै थियो। पानी कुरैरे चलचित्र खिचेका छौं’–उनले भने। चलचित्रका लागि सम्पूर्ण टिमले कडा मेहनत गरेकोले काम राम्रो भएको उनले बताए। अभिनेत्री सुरक्षा पन्तले त चलचित्रको कथामा आफूलाई फिट देखाउन कपाल मुन्डन गराएकी थिइन्।

काठमाडौं र सिन्धुलीमा चलचित्रको छायाँकन गरिएको हो। आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्।

त्यस्तै सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको चलचित्रमा अभिनय छ। शर्मीला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *