भुटाहा बजारमा दुई पक्षबीच झडप, ११ जना घाइते
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन्।
आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा दुई पक्षबीच झडप भएको हो।
झडपमा दुवै पक्षका ११ जना घाइते भएको र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलहा सदा र ४० वर्षीय राजु दास रहेका छन्। यस्तै २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी छन्।
घाइतेको विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment