नवलपरासीका पाँच पालिकामा भोलि सार्वजनिक बिदा
परासी । नवलपरासीका पाँच पालिकाले कात्तिक ११ गते मंगलबार स्थानीय बिदा दिएका छन्।
जिल्लामा सात पालिका रहेकोमा छठ पर्व मनाउने समुदायको बाहुल्यता भएका पाँच पालिकाले सार्वजनिक बिदा दिएका हुन्।
बिदा दिनेमा रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका छन्।
सुनवल र बर्दघाट नगरपालिकाले भने बिदा दिएका छैनन्। सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठ पर्वअन्तरगत आज अस्ताउँदो सूर्यको पूजा (अघ्र्य) गरिँदै छ। भोलि उदाउँदो सूर्यलाई पूजा गरेर छठ समापन हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment