सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिर)

डिसी नेपाल
१० कार्तिक २०८२ १२:२५
8
Shares

काठमाडाैं। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र हालसम्म १३ वडा फल्चा निर्माण गरिसकेको छ। १३ वटा मध्ये बानेश्वर र रत्नपार्कमा निर्माण भएको फल्चा सबैभन्दा ठूलो रहेको छ।

मानिसको चाप यी क्षेत्रमा धेरै हुने भएको हुनाले उनीहरुको सहजताको लागि उक्त फल्चा निर्माण भएको हो। फल्चा-जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो।

आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ। तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो। निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको स्तम्भ, ढुंगाको जग र शिल्पकला प्रयोग गरिएको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *