मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु
मुस्ताङ। मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका-२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए। उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो। लामाको आज मृत्यु भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment