नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

डिसी नेपाल
११ कार्तिक २०८२ १६:२५
32
Shares

त्रिशूली (नुवाकोट) । यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन्।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन्। कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन्।

अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ । यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो। पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *