वर्षाले खेतको धान भिज्दा बर्दियाका कृषक चिन्तित
बर्दिया । बर्दिया लगायत आसपासका क्षेत्रमा गएराती देखि पानी परेपछि खेतमा धान भिजेको छ।
काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन्।
मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ। विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ।
धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन्।
उनले भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला।’
विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ। अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सुचना अधिकारीका अनुसार अझैपनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ। केही धान कटान गरेर निहिनमा सुकाईएको उनले बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment