इङ्गल्याण्डका पूर्व क्रिकेटर जेम्स एन्डरसनलाई नाइटहुड उपाधि
काठमाडौं । इङ्ग्ल्याण्डका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने तीव्र गतिका बलर जेम्स एन्डरसनलाई नाइटहुडको उपाधिबाट सम्मानित गरिएको छ। उनलाई यो सम्मान विन्डसर क्यासलमा प्रदान गरिएको थियो।
एन्डरसनले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय करियरमा १८८ टेस्ट खेल खेले, जसमा उनले कुल ७०४ विकेट लिए।
४३ वर्षीय एन्डरसनको नाम अप्रिलमा जारी गरिएको पूर्व प्रधानमन्त्री ऋषि सुनकको सम्मान सूचीमा थियो। एन्डरसनलाई क्रिकेटमा उनको योगदानका लागि मनोनित गरिएको थियो।
अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा एन्डरसनभन्दा बढी विकेट श्रीलंकाका पूर्व स्पिनर मुथैया मुरलीधरन र अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नले मात्र लिएका छन्।
एन्डरसनले जुलाई २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए, तर उनले आफ्नो घरेलु क्लब ल्याङ्काशायरबाट खेल्न जारी राखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment