तीन जना मृत अवस्थामा फेला

डिसी नेपाल
१२ कार्तिक २०८२ १९:१५
6.2k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-१ नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका-५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय बिपिन बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ कुमरौल चोक नजिक सडक छेउमा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय काजिम कबाडी गए राति मृत अवस्थामा फेला परेका छन्।
चितवन, रत्ननगर नगरपालिका-६ हात्ती चोकस्थित होटल पार्क सेन्चुरीमा काम गर्ने सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय राम परियार सोही होटलमा गए राति मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.