रविको मुद्दा ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा

डिसी नेपाल
१३ कार्तिक २०८२ ११:४०
8.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीको सहकारी ठगी र संगठित अपराध सम्बन्धि मुद्दामा आज उच्च अदालत दाङको बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।

मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा हुनेछ । लामिछाने र जोशीले फरक-फरक निवेदन दिएकोमा यसअगि न्यायाधीशहरू मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिको भएकोले एकैसाथ राख्न आदेश दिएको थियो ।

रविले आफ्नो भागको बिगोवमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन् । यो निवेदन जिल्ला अदालत रूपन्देहीले खारेज गरेपछि उनी उच्च अदालत पुगेका हुन् । लामिछानेले बिगोवापत बैंक ग्यारेण्टी पनि बुझाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.