पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

डिसी नेपाल
१४ कार्तिक २०८२ १९:२३
24
Shares

अर्घाखाँची। लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ।

गोरूसिङ्गे सन्धिखर्क खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेको कारण सडक अवरूद्ध भएको हो।

अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *