‘रातो टीका निधारमा’को कलरफूल पोष्टर
काठमाडौं। यहि असोज १० गते प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोष्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई सर्वाधिक स्थान दिईएको छ। त्यस्तै रविन्द्र झा, नीता ढुंगाना, खुश्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि पोष्टरमा अटाएका छन्।
पोष्टर कलरफूल छ। पोष्टरमा कलाकारहरु रातो टीका र जमरामा देखिएका छन्।
अशोक शर्माको लेखन, निर्देशन रहेको चलचित्रलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन्। आउँदो शुक्रबार चलचित्रको शिर्ष गीत सार्वजनिक गरिँदैछ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment