बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०८२ १३:००
5.3k
Shares

काठमाडौं । तेलंगानाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले बीबीसीलाई मृत्युको पुष्टि गरेका छन्।

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ।

तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएको छ।

तेलंगानाका सीएमओका अनुसार उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्तिको घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई रु २००,००० र घाइतेहरूलाई रु ५०,००० दिइने बताएको छ। यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रदान गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *