गायक मीन केसीको नयाँ गीत ‘यो दिल भो खाली’ सार्वजनिक

डिसी नेपाल
१७ कार्तिक २०८२ २०:०६
100
Shares

काठमाडाैं। गायक मीन केसीको नयाँ गीत ‘यो दिल भो खाली’ सार्वजनिक भएको छ। पुराना गायक मीन केसी र माधवी अर्यालको स्वरमा रहेको गीत ‘यो दिल भो खाली’ मा गायक केसीको शब्द र संगीत रहेको छ। जुजु गुरुङको संगीत संयोजन रहेको यस गीतको अडियो भिडियोको उत्पादन भने गायक केसीले नै गरेका छन्।

यो दिल भो खाली गीतको म्यूजिक भिडियोमा रमेश चन्द सोडारी र सरिता दानकुटीको अभिनय रहेको छ। भिडियोलाई वीरेन्द्र भाट विपिन र शिव मिश्रले छायाँकन गरेका छन् भने वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ। भिडियोको निर्देशन तथा कोरियाग्राफर भने शिव विक हुन्। भिडियोलाई गायक मीन केसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

पुराना गायक मीन केसी गोरखा नगरपालिका-१ का स्थायी बासिन्दा हुन्। उनी यतिबेला अमेरिकामा कार्यरत छन्। भौतिक जीवन जहाँ जसरी बिते पनि मन भने नेपाली गीतसंगीतमा नै क्रियाशील रहेको छ। उनी बोष्टर्न लोक सुसेलीका संस्थापक हुन्। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीत र कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा निरन्तर लागिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *