पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

डिसी नेपाल
१८ कार्तिक २०८२ १९:३५
32
Shares

काठमाडौ काठमाडौ महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौ, पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्छन्, कामपाको लगानीबाट सहरले प्राचीनस्वरूप प्राप्त गर्दैछ यसबाट सबैले गर्व गर्नसक्ने संरचना तयार हुनेछ हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौं।

योजनाका सम्पर्क व्यक्ति वरिष्ठ इञ्जीनीयर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरी पैदलमार्ग, हरियाली प्रवद्र्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ पोखरीको वरिपरी ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ त्यसको बाहिर कालोपत्र सडक छ

यसको बाहिर दक्षिणतर्फ एक सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ दक्षिणपश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ

गहना पोखरीसँग सम्बन्धित लोक कथन

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो त्यो पेटिकालाई कसैले लिने प्रयास गर्‍यो भने ऊ तलाउमा डुब्थ्यो त्यहाँबाट फर्कनै सक्दैनथ्यो त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ यसलाई अग्निवमन गर्ने नागहरूले सुरक्षा दिएर राखेका थिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *