हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

डिसी नेपाल
१८ कार्तिक २०८२ २०:०९
12
Shares

बागमती। बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने भएको छ।

आज यहाँ हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय ‘यसएनओपिएस’ बीच हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्ने सम्झौता भएको हो।

‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’परियोजनाअन्तर्गत भएको सम्झौताअनुसार ‘यसएनओपिएस’ले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।

सम्झौताले समावेशी र जलवायु प्रतिरोधी सहर विकासमा टेवा पुग्ने गरी स्थानीय सरकारका योजना निर्माणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि परियोजनाअन्तर्गतको रकमको ३० देखि ५० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतामा उल्लेख छ। तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीको सामना गर्नु ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य रहेको त्यस अवसरमा जानकारी दिइयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.