टाउको दुखाई कम गर्न एकैपटक १५ वटा ट्याबलेट खादा महिलाको ज्यान गयो

डिसी नेपाल
२६ भदौ २०७६ १४:२३

एजेन्सी। प्राय मानिसहरु टाउको दुखाई वा ज्वरो आउदा चिकित्सहरुले बताए अनुसार नै औषधी खाने गर्दछन्। औषधी पनि समय क्रम मिलाएर निश्चित मात्रामा खान चिकित्सकहरुले सल्लाह दिएका हुन्छन्।
तर भारतको बेङ्गलुरुमा एक महिलालाई भने टाउको दुखाई कम गर्न ट्याब्लेट खानु महङ्गो सावित भयो।  उक्त महिलाले टाउको दुखाई कम गर्न एकै दिनमा १५ ट्याबलेट खाएकी थिइन्।

भारतीय संचार माध्यम पत्रिकामा प्रकाशन गरिएको समाचार अनुसार १५ ट्याबलेट औषधी खानाले उनको ज्यानै गयो। ज्यान गुमाउने महिलाको नाम अनुसुयम्मा हो। उनका पति मुनेशप्पाका अनुसार उनकी श्रीमतीलाई १५ वर्षदेखि टाउको दुखाईको समस्या थियो।

केहीदिनअघि एक्कासी टाउको निकै दुखेपछि एकैपटक १५ वटा ट्याबलेट खादा ती महिलाको ज्यान गएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *