फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं विस्थापित
काठमाडौं । कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। तेह्र जना अझै बेपत्ता छन्।
कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ, जहाँ सबैभन्दा धेरै मृत्यु भएको छ।
धेरै भिडियोहरूमा मानिसहरू छतमा आश्रय लिइरहेको देखाइएको छ जबकि कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ।
राहत कार्यमा सहयोग गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका सेनाको हेलिकप्टरका छ जना चालक दलका सदस्यहरूको आधिकारिक मृत्यु संख्यामा समावेश छैन।
यो हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको थियो।
फिलिपिन्समा प्रत्येक वर्ष औसत २० वटा आँधी आउँछन्। एक महिनाअघि पनि आँधी आएको थियो, जसमा धेरै जनाको मृत्यु भएको थियो।







डिसी नेपाल








Facebook Comment