बालेन्द्र साह (बालेन) : राजनीति र भविष्य
विगतमा केही र्याप गित गाउँदै रमाउदै गरेका र इन्जियर पृष्ठभूमिका बालेन्द्र साह (बालेन) एकाएक काठमाडाैं महानगरपालिकाका लागि मेयरको रुपमा राजनीतिमा प्रवेश भएका व्यक्ति होइन।
उनी नेपाली राजनीतिमा योजनावद्ध रुपमा मेयरमा प्रवेश गरी वर्तमान अन्तरिम सरकारका लागि प्रधानमन्त्रीमा समेत पहिलो नम्बरमा सिफारिस व्यक्ति हुन। उनको यो बढ्दो राजनीतिक हैसियत र भविष्यवारे लेख्न, पहिला उनको राजनीतिक आगमनको पृष्ठभूमि, अवस्था र गतिविधि बारे बुझ्न जरुरी छ।
उनको पृष्ठभूमिको कुरा गर्दा राजनीतिक रुपमा बुझ्न जरुरी छ। “यसपटक म भोट हाल्दिन , अर्को पटक म आफै मेयर जित्छु ” भनि स्टाटस् लेखी बालेनले २०७४ देखि आफ्नो राजनीतिक यात्रा शुरु गरेको देखिन्छ। अनि २०७९ मा काठमाण्डौ महानगर पालिकाको मेयरको चुनाव जितेको थियो। यो चुनाव जित्नुमा के के कारक बने भनि खोज्दा राजनीतिक , आर्थिक, अन्तराष्ट्रिय भूराजनीति वा डिपस्टेटको भूमिका देखिन्छ।
राजनीतिक कारणको रुपमा त्यतिवेला स्थापित पार्र्टीहरुका रुपमा नेपाली कांग्रेस्र र नेकपा एमालेका आ–आफ्नै उम्मेवार थिए। त्यसका बाबजुद पनि स्वतन्त्र उम्मेद्धारका रुपमा बालेनले जित हासिल गरे। तत्कालिन समयमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंहका अर्धाङ्किणी सृजना श्रेष्ठ र नेकपा एमालेको तर्फबाट केशवस्थापित मेयरका प्रत्यासी थिए।
सृजना सिंहले विद्यार्थीकालमा राजनीति गरेको देखिन्छ तर विवाह पश्चात प्रकाशमान सिंहको पत्निको हैसियतले बाहेक स्वतन्त्र तवरले नेतृत्वदायी राजनीति गरेको देखिन्दैन। त्यसैले मेयरमा सृजना सिंहको टिकट एक प्रकारको नेपोटिज्म थियो भन्नेहरु धेरै छन्।
साथै सृजनाको जन्म र हुर्काइ गोरखा भएकोले काठमाडाैंका स्थानीयहरुको लागि परिचित र नेतृत्व पात्र थिएन। त्यतिबेला काठमाडाैंको राजनीतिमा प्रकाशमान सिंह र भिमसेनदास प्रधानको टक्कर थियो। जसमा ध्यानगोविन्द रञ्जित समेत भिमसेन दासको साथमा थिए।
त्यसैले काठमाडाैं महानगरको कम्तिमा कम्तिमा कांग्रेसी २० प्रतिशत मत सृजनालाई जानेवाला थिएन। त्यस्तै गगन थापा प्रकाशमानको विरुद्धमा थिए। त्यसैले बालेनलाई जिताउनमा गगन थापाको ठूलो भूमिका थियो भनिन्छ। त्यस्तै नेकपा एमाले तर्फका उम्मेदवार केशव स्थापित ठूलै राजनीतिक खेलाडी थिए।
तर उनलाई पनि एमाले भित्र मन पराएको थिएन। उनी विरुद्ध रामबीर मानन्धर खुलेरै र तत्कालीन मेयर विद्यासुन्दर शाक्य भित्र भित्रै लागेका थिए भनिन्छ। त्यस्तै नेकपा समावादी पार्टीको तर्फबाट गठबन्धनका मेयर सृजनालाई सहयोग गर्नु पर्ने भए पनि गरिएन र बालेनलाई शुरुवाती कोटेश्वरबाट आएको मत त्यही थियो।
२०७४ सालको चुनावमा काठमाडाैंका मेयर प्रत्यासीहरुमा स्वतन्त्रहरु मध्ये रन्जु दर्शना लगाएत अन्य स्वतन्त्रहरुको मत लगभग ४० हजार थियो। त्यसैले २०७९ सालको मेयरको चुनावमा स्वतन्त्रका ससक्त उम्मेदवारको लागि कम्तिमा पनि लगभग ४० हजार मत सुरक्षित थियो।
त्यस्तै बालेन अमेरिकन युथ काउन्सिलका सदस्य रहेको र नेपालमा अमेरिकन युथ काउन्सिलका ७५ हजार सदस्य रहेको जसमा काठमाण्डौमा मात्र १५ हजार सदस्य रहेको भन्ने तथ्यांक छ। यी कारण र मतहरुलाई जोड्दा बालेन जित्नु कुनै चमत्कार थिएन।
मतको हिसाब बाहेक चुनाव जित्न अर्थको पनि जरुरी हुन्छ। त्यस मध्ये ठूलो अर्थको व्याकअप बौद्ध तिरबाट भएको भन्ने सुनिन्छ। सर्पोटको कुरा गर्दा , त्यतिबेला सामाजिक सन्जालमा लोकप्रिय रुटिन अफ नेपाल बन्द लगाएत अन्य एकाउन्टहरु बालेनको सर्मथनमा थियो। नेपालमा साइबर सेनाको सुरुवाट नै बालेनबाट भएको हो।
उनी संग नेपालका टप साइबर टेक्नोलोजिष्ट थियो भन्ने छ। त्यसैले सोसियल मिडिया मार्फत बालेनको राम्रो प्रचार प्रसार भएको थियो। यी, यस्ता कारणले गर्दा बालेनले भने अनुसार नै चुनाव जिते।
बालेनले मेयरको चुनाव जिते पछि नेपाली राजनीतिमा उनको ठूलो चर्चा परिचर्चा चुलियो। विशेषत नव युवाहरुका लागि त उनी भगवान सरहनै भयो र उनको देवत्व करण शुरु भयो किनकि उनले आफ्नो कार्यशैलीमा नव युवाहरुको विद्रोही शैलीलाई अपनाउन थाले।
विशेषतः नव युवाहरु पुराना पार्टी र नेताहरु प्रति वितृष्टित थिए , त्यसको क्यास बालेनले गरे। बालेनले महानगरपालिका मार्फत ति कार्यहरु मात्र गरे जुन नव युवाहरुलाई मन पथ्र्याे। शुरुमा त भत्काउने जस्ता विध्वसात्मक कार्य गर्न थाले।
जुन विद्रोही, असतुष्ट नव युवाहरुको मनोचाहना हुन्छ। युवा, प्रौढ र बुद्धिजीवीहरुको चाहना अनुसारको सृजनात्मक कार्य उनीहरुको दवाब पछि मात्र शुरु गरे। जे होस् बालेनको हिड्ने , बोल्ने, लेख्ने कार्यशैली नव युवाहरुको चाहना अनुरुप छ। त्यसैले उनको देवत्व करण भयो ।
जब मानिसको देवत्व करण हुन्छ। त्यो एउटा उच्चतम बिन्दुमा पुगे पछि स्थिर रहदैन र लगतै पतन अथवा दानवत्वकरण शुरु हुन्छ। किनभने कुनै व्यक्तिको जब देवत्वकरण गरिन्छ। उसबाट धेरै आश वा चमत्कार खोजिन्छ। जब ति आश वा चमत्कारहरु पुरा हुदैन। तब स्वतः निशास र नैराश्य पैदा हुन्छ।
अनि दानवत्वकरण शुरु हुन्छ। हुनत नेपालका नव युवाहरु देश र आफ्नो भविष्यका बारे निराश छन। उनीहरु यसको दोषी पुराना राजनीतिक पार्टी र त्यसका नेताहरुलाई मान्छन र उनीहरुलाई ठोकठाक, कारवाही र जेलनेल गर्नु पर्छ भन्ने चाहन्छन। त्यसैले बालेनले नयां गरेन भन्दा पनि ती नव युवाहरुका लागि घृणीत पुराना पात्रहरुलाई चुनौति दिनु नै वाहवाहि थियो।
तर नव युवाहरु बाहेक युवा र प्रौढहरु यसबाट मात्र खुशी छैनन्। उनीहरु बालेन संग रचनात्मक, राजनीतिक संस्कार, सभ्यपना, परिपक्वता र जिम्मेवारपन चाहन्छन। जसको कारणले नै आज बालेनले आफनो कतिपय स्टाटस राखेको केही समय पछि डिलिट गर्न बाध्य भएका छन्।
हुनत बालेनले सिंहदरवार जलाउनु पर्छ भनी राखेको स्टाटसमा उनको बिग सपोर्टर सामाजिक संन्जाल अभियान रुटिन अफ नेपाल बन्दको शुरुमा सर्पोटिभ भए पनि पछि सो स्टाटस् राख्नुको व्यक्तिगत कारण थाहा पाए पछि अहमति स्वरुप अभियान नै बन्द गरेको थियो।
त्यसैले बालेनको अहिलेको गतिविधि, कार्यशली जुन विषेशतः नव युवापुस्ताहरुका लागि पाच्य छ, आदर्श पनि होला तर बौद्धिक युवा तथा प्रौढहरुको लागि पाच्य र स्विकार्य छैन। हो, हिजो बालेनलाई भोट हाल्दा युवा र प्रौढहरुले समेत नवयुवाहरुको चाहना र आग्रह बमोजिम भोट हालेको थियो।
त्यसको मतलब युवा र प्रौढहरुले जहिले पनि नवयुवाहरुलाई सपोर्ट गर्छ भन्ने होइन। युवा र प्रौढहरुले आफूले चुनेका पार्टी र नेताहरु सही नभए पछि नव युवा र नव युवाहरुको छनौट सही हुन्छ कि भनि हेर्न खोजेको हो।
बालेनको राजनीतिक भविष्य भनेको निजको सोच, विचार, व्यबहार, कार्यशैली र स्टाटसमा समेत भरपर्छ। अझ त निजले राख्ने स्टाटस्मा त धेरै नै भर पर्ने देखियो। जस्तै कुनै बेला सिंहदरवार जलाउँछु भनेर लेखेको स्टाटसले आफ्नै सपोर्टरहरुको नजरमा बालेनलाई परिवारवादी साबित गरि दियो भने आज परिबन्दले, लेखे अनुसार सिंहदरवार जलाएको आरोप खेप्नु परेको छ।
हुन त सिंहदरवार जलाउनुमा ती व्यक्तिहरुको समेत हात हुन सक्छ जसलाई सिंहदरवार जलाएपछि बालेनलाई दोष जान्छ भन्ने थाहा थियो। हाल सालै राखी डिलिट गरेको स्टाटसले बालेनलाई आम नेपाली नागरिक बिच अश्लिल असभ्य बनाई दिएको छ।
हुन त, त्यो स्टाटस् आफ्ना बिग सपोर्टर नव युवाहरुको लागि उनीहरुकै चलनचल्तीको भाषामा रणनीतिक सन्देश प्रवाह गरेको देखिन्छ। स्टाटस्मा प्रयोग गरिएको अश्लिल भनिएको fu*k शब्द नव युवा र अमेरिकनहरुको लागि सामान्य हो।
अमेरिकन राष्ट्रपति देखि, कलाकार र नागरिक तथा नेपालका जेन जिहरुले समान्य रुपमा प्रयोग गर्छन। अंग्रेजी शब्द fu*k को नेपाली रुपान्तरर्न अश्लिल होला तर त्यो स्टाटस्को समग्र भाषिक अर्थ साला …देश र …पार्टिहरुले तिमिहरु एकतृत भएपनि केहि गर्न दिने छैन बन्ने हो। जुन ठिक पनि देखिन्छ।
तर सम्पूर्ण नेपालिहरुको लागि यो ठिक छैन। किनभने यो नेपाल हो र नेपालिहरुको बुझ्ने स्तर धेरै कम छ। प्रोफेसर डाक्टर पिएचडि स्तरकाहरुले त धेरै विषयमा बुझेको देखिन्दैन वा बुझ्नै चाहँदैन भने अरुको के कुरा ? यो भन्दा अगाडि बालेनले पोष्ट गरेको कवितामा प्रयोग भएको “फोहरी किसान” शब्दमा पनि, विवादमा गरेकै हो।
जबकि कुनै पनि कविता वा साहित्यमा प्रयोग भएको शब्दको अर्थ लगाउंदा केवल एक वा दुई शब्दको मात्र अर्थ नलगाएर सिंगो वाक्य, अनुच्छेदको भावा बुझ्नु पर्ने हुन्छ। यो कुरा कतिपय विद्दानहरुलाई त थाहा नै छैन, अरुलाई के थाहा होला? सो कविताको अनुच्छेद अनुसार “फोहरी किसान” शब्दावली सकारात्मक भावमा प्रयोग भएको छ।
जसको पूरा अनुच्छेद अनुसारको भावात्मक अर्थ “मेहनति” हुन्छ। किसानको प्रतिनिधित्व तस्विरमा लुगाहरु हिलो मैलोले नै लटपटियको हुन्छ। कविताकै अर्थ कुरा गर्दा राजाको शासन कालमा एउटै कविताको कारण कविले गोरखा दक्षिणबाहु पाएको र पछि फरक अर्थ अथ्र्याउँदा गोदवा खोसिएको घटना पनि छ।
त्यसैले कविता लगाएत साहित्यिक सृजनाको वास्तविक अर्थ स्वयं सर्जकहरुलाई मात्र थाहा हुन्छ भन्ने छ। त्यसैले सर्जकहरुले आफ्नो साहित्य प्रस्तुत गर्दा कहाँ कसरी प्रस्तुत गर्ने पनि हेक्का राख्नु पर्छ जुन बालेनले राख्न सकेको देखिँदैन।
त्यस्तै बालेनले आफ्नो पद र अवस्था अनुसार पनि लवाई खवाई र व्यबहार मेन्टेन गर्न सकेको देखिएन। बालेन अहिले नव युवाहरुका मात्र आदर्श वा उदाहरणीय पात्र होइन। नेपालको सबभन्दा ठुलो महानगर पालिको मेयर हो।
नेपालमा पुराना पार्टि र नेताहरु प्रति चरम नैराश्य, घृणा बढिरहेको समयमा स्वतन्त्र रुपमा उडाएको आशाको नेतृत्व हो। त्यसैले बालेन नव युवाहरुमा मात्र सिमित हुन मिल्दैन। नवयुवाहरुको लागि मात्र कालो लुगा र चस्मा लगाएर स्टालिस देखाउन मिल्दैन।
किनकि त्यो स्टायल बौद्दिक बर्गको लागि लुसिफर हो। अमेरिका र युरोप तिर बोक्सिलाई पनि सम्मानित पेशा वा दक्षताको रुपमा लिईन्छ। त्यसैले त्यहां म बोक्सि भनेर लेख्ने वा चिनाउने प्रचलन छ। तर यो नेपाल हो। यहां बोक्सि विद्या जान्नेलाई नकारात्मक रुपमा लिइन्छ।
त्यस्तै “कालो चश्मा जुन सुकै समयमा त्यसले लगाउंछ, जसले मादक पदार्थ सेवन गरेको हुन्छ वा जसको आंखा पाकेको हुन्छ। ” भन्ने मान्यता छ। त्यसैले बालेनलाई गजेडिको आरोप छ। अझ गांजा भन्दा पनि माथिल्लो स्तरको पुगिसक्यो भन्छन र मादक पदार्थ सेवन गरेको देख्ने साक्षि समेत निस्किएका छन्।
नेपाली समाजमा गांजा तान्नु वा मादक सेवन ठुलो कुरा होइन तर त्यसको मात्रा र समयको कुरा हो। नेपाली समाजमा गाजा तानेर वा मादक पदार्थ सेवन गरेर मात्र काम गर्ने , साहित्य सृजना गर्न सक्ने र गीत गाउने वा गाउन सक्नेहरु धेरै छ्न। तर सार्वजनिक पद धारीले आफ्नो बानि नै भए पनि यसो गर्नु अपराध हो। यसको हेक्का बालेनले राख्नु पर्छ।
बालेन अहिले सार्वजनिक व्यक्तित्व हुन। बालेनले अन्तरिम सरकारको प्रधानमन्त्रीमा समेत अनिच्छा देखाएर जुन वर्तमान पद प्रति जिम्मेवार देखाएको छ त्यो सह्रायिन छ। त्यसैले बालेन सवैको साझा भै सर्वसाधारणको समेत भेटघाट र संचारमा पहुंच हुनु पर्दछ।
बालेनले पुराना मित्र तथा सहयोगीहरु जुन सुकै स्वार्थका भए पनि उनीहरुसँग बालेन्स राख्नु पर्छ। मित्रता बढाउन नसके पनि शत्रुता धेरै बढाउनु हुन्न। त्यसै त शक्तिमा पुगेका, सफल भएका व्यक्तिहरुको काखीबाट नै शत्रुहरु निश्कन्छ भन्ने छ। इत्यादि कुरामा हेक्का राख्न सकेमा बालेनको राजनीतिक भविष्य उज्वल छ। वेवास्ता गरेको खण्डमा पतन अवश्यम भावि छ। चेतना भया
















Facebook Comment