पहिलो दिनमा नौ सय क्विन्टल धान खरिद

डिसी नेपाल
१९ कार्तिक २०८२ १९:०१
140
Shares

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बुधबारदेखि धान खरिदको सुरुवात गरेको छ। कम्पनीले पहिलो दिनमा नै नौ सय क्विन्टल भन्दा बढी धान खरिद गरेको छ।

पहिलो दिनमा मोटा धान आठ सय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सुचना अधिकारी चेतमान कठायतले बताए।

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ। खाद्यले सरकारले तोके कै न्यूनतम समर्थन मुल्यमा धान खरिद गरेको छ।

धान खरिदको सुरुवात गरेपछि धान बेच्नका लागि खाद्य वरीपरी किसानको भिड लाग्ने गरेको छ। गत बर्षको तुलनामा केही दिन ढिला गरी खाद्यले धान खरिद सुरु गरेको छ। खाद्यले धान खरिद ढिलाई गर्दा कतिपय किसानले सस्तो मूल्यमा धान बिक्री गरेका थिए।

खाद्यले धान खरिद गरेपछि किसानहरू हर्षित भएका छन्। सरकारले तोकेको मूल्यमा नै धान बेच्न पाएको गेरुवा गाउँपालिका वडा नं १ का किसान रामकृष्ण थारूले बताए।

यस बर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सूचना अधिकारी कठायतले बताए। उनले राजापुर नगरपालिकाको राजापुर र मानपुरटपरा र गेरुवा गाउँपालिकाको शान्तीबजारबाट धान खरिद गरिने बताए।

मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलार पाण्डेले सरकार मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनपर्ने बताए। धान विक्रिका लागि बैंक खाता नम्बर नागरिकताको प्रतिलिपी सहित किसानले धान ल्याउनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *